कांग्रेसको घोषणापत्रबाट आत्तिएर एमालेका नेताहरु बर्बराउन थाले–अजयबाबु शिवाकोटी

काठमाडौं ।कांग्रेसको घोषणापत्रबाट आत्तिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरु बर्बराउन थालेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कांग्रेस स्थानीय तह घोषणापत्र तयारी समितिका सदस्य अजयबाबु शिवाकोटीले आरोप लगाउनु भएको छ ।

राजधानीमा भएको कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै नेता शिवाकोटीले अध्यक्ष केपी शर्मा ओली लगायतका एमालेका नेताहरुले कांग्रेसको जनताको आवाज बोकेको घोषणापत्र पढेर बर्बराउन थालेको बताउनु भएको हो । बिरालोले खाँबो चिथोरेजस्तै केपी ओली बर्बराइरहेको अवस्था रहेको उहाँको भनाई छ । उहाँले बर्बराइरहने ओली ३० गतेपछि कुन अवस्थामा पुग्ने हुन् थप उपचारका लागि पठाउनु पर्ने अवस्था आउने जिकिर गर्नु भएको थियो ।