डडेल्धुरामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दियो

डडेल्धुरा ।यहि बैशाख ३० गते आसन्न स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचन नजिकिदै गर्दा पार्टी त्याग्ने, प्रवेश गर्ने, गठबन्धन गर्ने, तोड्नेको होडबाजी चलेको छ । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सातमध्ये कुनै पनि पालिकामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको छ । जिल्लाका दुई नगरपालिकाको प्रमुखरउपप्रमुख र पाँच गाउँपालिकाको अध्यक्षरउपाध्यक्षमा काँग्रेसले उम्मेदवारी दिएको छ ।

अजयमेरु गाउँपालिका अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् । यहाँ सत्तारुढ गठबन्धनमा रहेको नेपाली काँग्रेसले टेकराज पाण्डेय र नेकपा माओवादी केन्द्रले उमेशप्रसाद भट्टराई अध्यक्ष पदमा उम्मेदवार बनाएको छ । यो पालिकाको अध्यक्षमा नेकपा एमालेले पदमबहादुर पाललाई उम्मेदवार बनाएको छ । यस्तै, धनबहादुर साउद र प्रकाश बहादुर ऐरले भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।