आज अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै

काठमाडौं ।आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको चुनावी सभालाई सम्बोधन गर्दै छन् । स्थानीय तह निर्वाचनलक्षित गरेर कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्न लागेका हुन् ।

आज बिहान ११ बजे ओलीले कैलालीको बर्दगोरियामा आयोजना हुने चुनावी सभालाईसम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यस्तै आजै कञ्चनपुरको बेलौरीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने र अपराह्न ४ बजे कैलालीकै धनगढीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।