वर्षाको आँकलन गरिएपछि मतदान केन्द्रमा त्रिपालको व्यवस्था गर्न आयोगद्वारा निर्देशन

  ।   २७ बैशाख २०७९, मंगलवार ०७:४३

काठमाडौं ।स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पाल र त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ ।वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो ।

शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान हुने सबै मतदान केन्द्रमा पालरत्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्न आयोगले भनेको हो । स्थानीय तहका सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन भनिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिने निर्णय गरेको हो । साथै, सोको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

 

Next Post

महिलाका अधिकार कटौती गर्ने तालिवानका निर्णय उल्ट्याउन अमेरिकाले दबाब दिने

२७ बैशाख २०७९, मंगलवार ०७:४३
काठमाडौं । अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई महिला र बालिकाहरूका अधिकारमा प्रतिबन्ध लगाउने हालैका केही निर्णयहरू उल्ट्याउन दबाब दिने भएको छ । कट्टरपन्थी समूहले आफ्ना कार्यहरू सच्याउने संकेत नदेखाए समूहका निणर्य उल्ट्याउन दबाब दिने अमेरिकाले संकेत गरेको हो । तर, उसले समूहमाथि कस्तो दबाब दिने भन्ने बारेमा केही सार्वजनिक गरेको छैन् […]