पूर्वी चितवनको राप्तीमा मतगणना सुरु हुँदै

काठमाडौं ।  भरतपुर महानगरपालिकाको मत गणनाको लागि गएराती बसेको सर्वदलीय वैठकले आज विहान ८ बजेबाट मतगणना गर्ने निर्णय गरेको छ । विहानबाट मतगणना गर्ने सर्वदलीय निर्णय भएपछी मतगणना स्थलमा चाबी लगाएर छाडिएको छ ।

पूर्वी चितवनको राप्तीमा वडा नम्बर ६ बाट मत गणना शुरु भएको छ । भण्डारास्थित भण्डारा माविमा मतगणना भएको हो । राप्ती वडा नं.६ मा ३ हजार ४ सय ८२ मत खसेको थियो । राप्तीमा १३ वटा वडा रहेका छन । राप्तीमा कुल ४० हजार ६ सय ४९ मतदाता रहेकोमा कुल २९ हजार ७ सय ३७ मत खसेको छ । कुल मतको ७३ दशमलव १६ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय, राप्ती नगरपालिकाका निर्वाचन अधिकृत श्याम प्रसाद दाहालले बताए ।

कालिका नगरपालिकामा वडा नं १ वाट मतगणना सुरु भएको छ । राती पौने १ बजेदेखि मतगणना सुरु गरिएको हो । कालिकामा ३१ हजार १९७ जना मतदाता रहेकोमा २४ हजार ३४७ मत खसेको छ । वडाको मतपरिणाम आइसकेको छैन ।