हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादीका लामा विजयी

हुम्ला। प्रेमबहादुर लामा हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी निर्वाचित भएका छन् । लामाले १४६६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ५६५ मत ल्याए भने एमालेका नुरजङ तामाङले ४८२ मत ल्याए ।यो गाउँपालिकाको वडानम्बर २, ३ र ६ मा स्वतन्त्र, १ र ४ मा एमाले र पाँचमा कांग्रेस विजयी भएका छन् । ६ नम्बरका अध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।