सम्बर्धनवादी धार राष्ट्रको मुल धार बन्ने राप्रपा नेपालका अध्यक्ष थापाको भनाई

सुर्खेत। नेपालको राजनीतिमा अहिले सम्बर्धनवादीहरु कमजोर भएपनि अन्तत सोही धार राष्ट्रको मुल धार बन्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन ।

अध्यक्ष थापाले सम्बर्धनवादी अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर भएको देखिए पनि अन्ततः यही विचार नै राष्ट्रको मुल धार बन्ने दाबी गरेका छन् । अध्यक्ष थापाले सम्बर्धनवादी धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल राप्रपा नेपाल रहेकोमा गर्व लागेको बताए।