प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्ता छन् ,सम्भावित कार्यसूची

काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक संसद सचिवालयले बानेश्वरस्थित संसद भवनमा बस्ने छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेजसम्बन्धीको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।नवौं अधिवेशनको पहिलो बैठकदेखि नै संसद वैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले यसअघिका सबै बैठकमा नाराबाजी गरेका थिए ।