बाजुराको बुढीगंगामा जारी मतदान शान्तिपुर्ण, एमाले र कांग्रेसबिच तिव्र प्रतिस्पर्धा

  ।   २३ असार २०७९, बिहीबार १०:३७

सुर्खेत। बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानिय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।१० वटा मतदानस्थलमा मतदानको प्रक्रिया सुरु भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपुर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्ज गरेर मत परिणाम प्रभावित पार्न खोजेको भन्दै आरोप लगाएपछि असहज अवस्था बन्दै गए पछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतक दलहको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।

जारी निर्वाचनमाा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन ।बुढीगंगाको मत परिणाम आएसँगै स्थानिय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानिय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानिय तह हो ।

Next Post

जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

२३ असार २०७९, बिहीबार १०:३७
सुर्खेत। जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका ९ निवासी प्रेम बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो । मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ […]

सम्बन्धित शीर्षक