सरकारले राष्ट्रियसभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता लिनुपर्छ –गगन थापा

सुर्खेत । सरकारले राष्ट्रियसभामा दर्ता गरेको संवैधानिक परिषद्सम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन् । उनले कांग्रेसलाई सडक र सत्तामा हुँदा फरक–फरक बोल्ने छुट नहुने बताए छन् ।महामन्त्री थापाले अघिल्लो सरकारले त्यस्तै काम गर्दा प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलको नेताकोरुपमा आफैँले त्यस्तो विधेयकको विरोध गरेको भन्दै अहिले आफू सत्तामा हुँदा त्यस्तो काम गर्न नमिल्ने बताए ।

सरकारले हालै राष्ट्रिय सभामा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ दर्ता गराएको समाचार आएपछि संविधान विपरीत भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ ।विधेयकमा संवैधानिक परिषद्को गणपूरक संख्यादेखि निर्णय प्रक्रियासम्मका बारेमा विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने सरकारको प्रयास छ ।