कर्णालीका आर्थिक मामिला मन्त्री विष्टको स्वास्थ्यमा समस्या, काठमाडौंमा उपचार हुँदै

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या आएपछि आज बिहान उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा ल्याइएको छ । मन्त्री विष्ट फोक्सो र घाँटीको समस्याबाट पीडित छन् ।

उनी बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए ।दुई दिनअघि समस्या बढेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । चिकित्सकको सल्लाहअनुसार आज बिहान हवाई जहाजबाट काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ ।