आज नेपालले स्कटल्याण्डसँग दोस्रो खेल खेल्दै

सुर्खेत। आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज दोस्रो खेल खेल्दैछ ।नेपालले सिरिजको दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।

लिग टू को अंक तालिकामा नेपाल १७ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । स्कटल्याण्ड २१ खेलमा ३० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।सिरिज अन्तर्गत अब नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध शनिबार र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध अर्को आइतबार खेल्नेछ ।