आज तेस्रो दिन पनि कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

सुर्खेत। आज तेस्रो दिन पनि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । सोमवारबाट शुरु भएको बैठकमा आज स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ सङ्घ सङ्गठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।मङ्गलवार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।

सह महामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए ।आगामी चुनावमा कसरी जाने भन्नेमा नेताहरूको मिश्रित प्रतिक्रिया आए पछि गठबन्धन गर्नुपर्ने पक्षमा बलियो मत रहे पनि कसरी गर्ने भन्ने बारेमा छलफलबाट निर्णय हुनुपर्ने निष्कर्ष निकालेको थिए ।