नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुन्छ–कृष्णभक्त पोखरेल

  ।   २ भाद्र २०७९, बिहीबार १२:१६

काठमाडौं । आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसद कृष्णभक्त पोखरेलले नागरिकता विधेयकमा सबै दलको साझा धारणा बनाउँदा राम्रो हुने भन्दै सर्वदलीय बैठक बोलाउन माग गरेका छन् ।

उनले राष्ट्रपतिको सुझाव पनि यही रहेको भन्दै अहिलेको अहिल्यै पारित गरिहालौं भन्नुभन्दा राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाउनुभएपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुपर्ने बताए । यसमा सबै दलहरूले साझा धारणा गरेपछि अगाडि बढाउँदा राम्रो हुने जिकिर गरेका छन् । बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका छन् ।

Next Post

नागरिकता विधेयकमा जुटेन सहमति, आजै पारित गर्ने कार्यसूची सार्वजनिक

२ भाद्र २०७९, बिहीबार १२:१६
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न भन्दै संघीय संसदमा फिर्ता पठाएको नागरिकता विधेयकमा दलहरूबीच सहमति जुटेन । बिहीबार बिहान सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको प्रतिनिधिसभा कार्यव्यवस्था समिति बैठक विना निष्कर्ष टुंगिएको छ । कार्यव्यवस्थाको बैठकमा सत्तारुढ दलका सांसदले विधेयक हुबहु तत्काल पारित गर्नुपर्ने र फेरि राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउनुपर्ने धारणा […]