पन्चा सिंहले गुटगत क्रियाकलाप गरेको माओवादी निकट अखिल क्रान्तिकारीको आरोप

काठमाडौं । संगठन एकताका लागि नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का चारजना उपाध्यक्षले अपिल गरेका छन् । संयुक्त रूपमा विज्ञप्ति निकालेर संगठनकी अध्यक्ष पञ्चा सिंह र समानान्तर गतिविधिमा संलग्न पवन कार्की समूहलाई जिम्मेवार बनेर संगठनको विवाद समाधान गर्न उपाध्यक्षहरू इन्द्र भुषाल, मिलन एमसी, लक्ष्मी प्रसाद जोशी र डा.अच्युत प्रसादले आग्रह गरेका छन् ।

पार्टी अध्यक्ष प्रचण्डको निर्देशन, पार्टी स्थायी कमिटीको निर्णय र समस्या समाधान सुझाव समितिको सुझाव विपरीत संगठन अध्यक्ष गुटगत क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै वार्तामार्फत समाधान खोज्न उनीहरूको अनुरोध गरेका छन् ।