समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ –इन्द्रबहादुर बानियाँ

काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बताएका छन् ।आज नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिद्वारा आयोजित प्रथम नगर सम्मेलनमा बोल्दै बानियाँले यस्तो बताएका हुन । उनले राष्ट्रियसभामा समानुपातिक प्रतिनिधित्व गराएर समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने जिकिर गरेका छन् ।

उनले ‘संघको ११० र प्रदेशको २२० समानुपातिक सिट खारेज गर्नुपर्ने र राष्ट्रियसभा ५९ सदस्यीय रहेकाले त्यसमा ४० जना थपेर ९९ सदस्यीय बनाउनुपर्ने उल्लेख गरेका छन् । उनले हिजो वडामा चुनाव लड्न खोज्नेहरूले आज सांसद खोजेको भन्दै समानुपातिक निर्वाचनको औचित्य नरहेको बताएका छन् । ।