सत्ता गठबन्धनको बैठक बस्दै, बाँडफाँटलाई अन्तिम रुप दिने तयारी

काठमाडौं। आज पनि सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले सिट बाँडफाँटलाई अन्तिम रुप दिने तयारी गरेको छ । आजको बैठकमा दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने तयारी छ ।

साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ । एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ ।