पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न मुख्यमन्त्री पोखरेलको आग्रह

काठमाडौं। पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आग्रह गरेका छन् । कांग्रेस, माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन मजबुत भए मात्र व्यवस्था बलियो हुने बताए । टिकट प्राप्त गर्नका लागि राजनीतिक दलभित्रका आकांक्षीबीच रस्साकस्सी हुनु स्वाभाविक भए पनि टिकट वितरण भएपछि भने सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाई छ ।

माओवादी केन्द्र पोखरा महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘उनले राजनीतिक व्यवस्थामा आएको परिवर्तन र मुलुकको परिवर्तन जोगाउन र त्यसलाई खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन गरेको बताएका छन् ।