चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट समाज रुपान्तरणका लागि महत्त्वपूर्ण छ –अग्निप्रसाद सापकोटा

काठमाडौ । चाडपर्वको अवसरमा हुने पारिवारिक जमघट र छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने सभामुख अग्निप्रसाद सापकोटाको भनाई छ । बताएका छन् । आज विजयादशमी तथा शुभ दिपावलीको शुभकामना दिँदै उनले चाडपर्वहरूको अवसरमा हुने पारिवारिक जमघट एवम् आफन्त भेटघाटका क्रममा हुने छलफलहरू समाज रुपान्तरणका लागि महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेका छन् ।

उनले यसवर्ष विभिन्न ठाउँमा कोरोना, डेङ्गी तथा विभिन्न प्रकोपमा परेर ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना प्रकट गर्दै सभामुख सापकोटाले सबैलाई सचेत र सजग रहेर चाडपर्व मनाउन आग्रह गरेका छन् ।