कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची, देउवाकी पत्नी आरजू र खाँणकी पत्नी मन्जुको नाम पछि सारियो

काठमाडौ । नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारको अन्तिम सूचीको निर्वाचन आयोगमा बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै समानुपातिक उम्मेदवारको टुंगो लगाएको थियो। कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो। समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक पदाधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको छ। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म फिर्ता लिन सक्नेछन्।