मुलुकलाई उन्नतिको मार्गमा लैजान गठबन्धन गरेको हो –रामचन्द्र पौडेल

काठमाडौं । परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई छ । वरिष्ठ नेता पौडेलले विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै संविधानको रक्षा गर्दै विकास र उन्नतिको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन्। मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन्।

उनले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताएका छन्। उनले व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूति भइरहेको र पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने भउको जिकिर गरेका छन् । उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूति भइरहेको बताएका छन्।