एएफसी यू–१७, आज नेपाल र भियतनाम भिड्दै

काठमाडौं ।आज एएफसी यू–१७ एसियन कप छनोटको दोस्रो खेलमा नेपालले दोस्रो खेल खेल्दैछ ।नेपालले दोस्रो खेलमा आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली भियतनामविरुद्ध नेपाललाई सहज हुने छैन ।बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४–० ले हराएको थियो ।समूह एफ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।