काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटघाट भएको छ । राजदूत यान्छीले शनिबार बिहान सभामुखसँग उनको सरकारी निवास लैनचौरमा बिदाइ भेट भएको हो ।
![](https://aksanchar.com/wp-content/uploads/2024/03/surkhet-daigonestic.gif)
भेटमा सापकोटाले राजदूत होउको कार्यकालमा चीनबाट महत्वपूर्ण भ्रमणहरू भएको स्मरण गर्दै सफल रुपमा कार्यकाल सम्पन्न गरेकोमा बधाई दिए । सापकोटाले राजदूत होउलाई नयाँ जिम्मेवारीको सफलताको शुभकामना पनि व्यक्त गरे । बिदाइ भेटमा राजदूत होउ यान्छीले आफ्नो कार्यकालमा संघीय संसदबाट भएको सहयोगका लागि आभार व्यक्त गरिन् ।
ए.के. सञ्चार । २२ आश्विन २०७९, शनिबार १२:४४