एएफसी यू–१७,आज नेपालले चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं। भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले चाइनिज ताइपेविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।फु थोस्थित भियत त्रि स्टेडियममा नेपालले ताइपेको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुनेछ ।

समूह एफ मा रहेको नेपाल र ताइपे अंक विहीन छन् । दुबै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् । तर, अन्तिम खेलमा जित निकाल्दै दुबै टोली सान्त्वना जितसहित घर फर्कन चाहन्छ ।भियतनाम ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्याण्ड ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।छनोटको समूह विजेता एसियन कपमा छनोट हुनेछन् । यस्तै उपविजेता हुने उत्कृष्ट ६ टोलीले समेत एसियन कप खेल्नेछ ।