भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने प्रकाशमान सिंहको दाबी

काठमाडौं। भ्रष्टाचार अन्त्य हुनुपर्ने नागरिकको चाहना पूरा गर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रहेका सिंहले आज बिहान आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

उनले जतासुकै भ्रष्टाचार व्याप्त रहेको र अब यसलाई समाधान गर्न नसके झन् विकराल अवस्था आउने भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। उनले यस पटकको निर्वाचन मुलकमा राजनीतिक स्थिरता चाहने र स्थिरता नचाहनेहरु बीचको प्रतिस्पर्धा भएको भन्दै जनताले उपयुक्त निर्णय गर्ने समय आएको बताएका छन् ।