एमाले कर्णालीका नेताहरुको ओलीसँग भेट

सुर्खेत । कर्णालीमा मुख्यमन्त्रीको माग गर्दै बालकोट पुगेका कर्णालीका नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटघाट गरेका छन् । बिहीबार कर्णाली प्रदेशको मुख्यमन्त्री यामलाल कँडेललाई बनाउनुपर्ने माग गर्दै बालकोट पुगेका नेताहरुले अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन् ।

भेटघाट तथा छलफलमा एमाले अध्यक्ष ओलीले कर्णालीमा एमालेकै सरकार बनाउन कोसिस गर्ने बताएका छन् । बालकोटमा सहभागी एमाले नेताका अनुसार ओलीले कर्णाली प्रदेशमा एमालेको सरकार बनाउनका लागि आफ्नो तर्फबाट कोसिस गरिरहेको आश्वसन दिएको बताए ।

साथै अध्यक्ष ओलीले एमाले कर्णालीका नेताहरुले राखेको कुरामा सहमत रहेको र सरकार बनाउनका लागि जोडबल गर्ने आश्वसन दिएका छन् । एमाले कर्णालीका नेताहरू कँडेललाई मुख्यमन्त्री बनाउनुपर्नेमा तिब्र रुपमा लविङ्ग गरिहेका छन् । एमाले अध्यक्ष ओलीसँग सत्ता गठबन्धन दलबीच भागवण्डा हुँदा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालले कर्णालीकानेताहरुमो माग रहेको थियो ।