आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

सुर्खेत । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक सघीय सांसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।आजको बैठकमा मुख्यगरी ३ विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्तीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७९ पेस पहिलो कार्यसूचीमा रहेको छ ।त्यस्तै कारागार विधेयक, २०७६ छलफलका लागि पेस हुने र आजै उक्त कारागार विधेयक पारितका लागि प्रस्ताव गरिने कार्यसूची रहेको छ । २९ मंसिर २०७६ मा संसदमा दर्ता भएको यो विधेयकमा खुला कारागारको अवधारणा र कैदीबन्दीलाई प्रजननको अधिकार लगायतका विषय समेटिएको छ ।