नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने राष्ट्रपति भण्डारीको भनाई

काठमाडौं । नेपालले सबै प्रकारका युद्धको विरोध गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । आज ललितपुरको जावलाखेलमा नेपाल अन्तर्राष्ट्रिय कानुन समाज तथा एसियाली अन्तर्राष्ट्रिय कानुन समाजद्वारा आयोजित ‘अन्तर्राष्ट्रिय कानुनसम्बन्धी एसिया क्षेत्रीय सम्मेलन’को उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

विश्वभर आणविक हतियारको होडबाजी रोकिनुपर्ने आफूहरूको विश्वास रहेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीले नेपालले करिब सात दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छन् । यसबाट देशको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डताको रक्षाका लागि आधार प्राप्त हुने आफ्नो विश्‍वास रहेको उनको भनाइ छ ।