काठमाडौं । सत्ता गठबन्धनसँग विचार, दृष्टिकोण र समाज रुपान्तरणको गर्ने योजना नभएको नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेलले दाबी गरेका छन्। काठमाडौंमा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा बोल्दै ढुंगेलले दिशाहीन, विचारहीन गठबन्धन सरकारबाट देशले उन्मुक्ति पाउन नसक्ने बताएका हुन्।
विदेशीसँग दलाल गरेर, सम्झौता गरेर, गठबन्धन बनाएर, राजदूतबासमा गरिएका निर्देशन र निर्णयबाट देश चल्न नसक्ने उनको भनाई छ। ढुंगेलले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनमा कसले जित्छ र कसले नेतृत्व गर्छ? कस्तो विचारले अगुवाइ नेतृत्व गर्छ भन्ने कुराले सिंगो देशको रुपान्तरण जोडिएको बताए। उनले देश बनाउन संकल्प भएको पार्टी एमाले मात्र भएको उनको भनाई छ।
ए.के. सञ्चार । २२ श्रावण २०७९, आईतवार ०९:३४