कर्णालीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, ३० वटा खेलमा सहभागिता जनाउने: परिषद्का सदस्य संज्याल

सुर्खेत । कर्णालीका खेलाडीहरुलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा सबैले सहयोग गर्नु पर्ने कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले निर्देशन दिएका छन् ।

खेलकुद विकास परिषदले शुक्रवार सुर्खेतकाे वीरेन्द्रनगरमा आयोजना गरेको नौं राष्ट्रिय खेलकुदमा सहभागिता तथा तयारी सम्वन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री विसीले ‘गौरबको आयोजना प्रदेश रंगशाला निर्माण हुदैछ, ‘तर खेल गतिविधिमा भने याे बर्ष सन्तोषजनक बजेट नभएको बताए ।

कर्णालीका दश वटै जिल्लाका खेलकुद विकास समितिका अध्यक्षले बजेट अभावका कारण नौं राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्ला छनोट गर्न नसकिने बताए ।

देशमा संघीय संरचना बनिसक्दा पनि कर्णालीमा अनुदानमै बाच्नु पर्ने बाध्यता भएका कारण गत बर्ष भन्दा याे आर्थिक बर्षमा बजेट झनै घटेर आएको हुनाले खेल क्षेत्रमा साेचेकाे जस्तो प्रगति गर्न नसकिने जिल्लाका अध्यक्षहरुले बताए ।

कार्यालय संचालन र बार्षिक खेलकुद गतिविधिको लागी मन्त्रालयबाट जिल्लामा गएको बजेट जिल्ला खेल छनोटको लागि खर्च गर्न निर्देशन दिदै मन्त्री विसीले अपुग भएको बजेट सबै जिल्लाका अध्यक्षहरुलाई माग गर्न निर्देशन दिए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय सचिवले खेलकुद परिषदको सोयत्ततालाई मन्त्रालयले खोसेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै अन्तरक्रिया कार्यक्रममा परिषदका उपाध्यक्ष प्रमोद हमालले नौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिलाई छुट्टै आर्थिक व्यवस्थापन गर्न मन्त्री विसीलाई आग्रह गरे । उपाध्यक्ष हमालले अब नौं खेलकुद प्रतियोगिता नजिक आएको हुनाले सबै जिल्लाहरु तयारीमा लाग्नु पर्ने बताए । हमालले कर्णाली प्रदेश खेलकुद विकास परिषदले खेल छनौटमा कुनै जिल्लालाई पनि भेदभाब नगरी छनौट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले कर्णालीका खेलाडीलाई खेलकुदमा सहभागीता मात्रै नगराएर मेडल याेग्य बनाउनु पर्ने बताए । यस्तै संज्यालले खेल क्षेत्रमा चुनाैतिकाे अवस्था भएपनि कर्णालीले मेडल ल्याउनका लागि सबैले सहयोग गर्नु पर्ने जानकारी दिए । नवाैं राष्ट्रिय खेलकुदका लागि उत्कृष्ट खेलाडी तयारीका लागि प्रक्षिक र बजेटकाे पनि तयारीमा लाग्नु पर्ने बताए ।

कर्णालीबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता मात्रै ठुलो नभएको भन्दै सदस्य सचिव संज्यालले जिल्लाको कोटा अनुसार भन्दा खेलाडीको दक्षता अनुसार छनोट हुनु पर्ने आग्रह गरे । कर्णाली प्रदेश ३० वटा खेलमा सहभागिता जनाउने भन्दै, ‘सदस्य सचिव संज्याले भने,’ ‘अहिले छनोटमा धेरै बजेट खर्च गर्नु भन्दा भएको बजेटलाई सम्भावित पदक प्राप्त खेलको लागि बन्द प्रशिक्षणमा खर्च गर्नु उपयुक्त हुने बताए, । १० औं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीले ल्याउने भएको हुनाले अहिले संख्यामा खेलाडीहरु सहभागिता गराउने भन्दा पदक ल्याउन सक्ने खेलको प्रशिक्षणमा ध्यान दिनु पर्ने उनले बताए । राखेपले प्रशिक्षक अभाव भएको जिल्लाको हकमा भोलेन्टियर प्रशिक्षण एक महिनाको लागि उपलब्ध गराउन लागेको भन्दै सदस्य सचिव संज्यालले हाम्रो तयारी राष्ट्रिय खेलकुद परिषदसँग सम्बन्ध नराखी आफ्नो लागी तयारी गर्नु पर्ने जानकारी दिए ।

सदस्य सचिव संज्यालका अनुसार यहि भदौ १८ भित्र जिल्ला छनोट प्रतियोगिता गरिसक्ने र २४ गते भित्र प्रदेश टिम छनोट गरी २५ गते राष्ट्रिय खेलकुद परिषदमा छनोट भएका खेलाडीहरुको सूचि पठाई सोहि दिन देखि पदक सम्भावित खेलका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने गरी परिषदले तयारी गरेको छ ।