२०८२ मंसिर १६ , मंगलबार

दोस्रो एकदिवसीय खेलमा केन्यामाथि नेपालको जित




काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई पराजित गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार नेपालले केन्यालाई १७ रनले हराएको हो ।यस जितसँगै तीन खेलको सिरिज नेपालले एक खेल अगाबै २–० ले जितेको छ ।

नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए भने करण केसी, आदील अन्सारी र पवन सर्राफले १–१ विकेट लिएका थिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २ सय ३० रन बनाएको थियो ।नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए । रोहितले ९५ बलमा ७ चौका प्रहार गरेका थिए।यस्तै देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाएका थिए ।

ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४, अर्जुन साउदले ५ तथा दीपेन्द्र सिंह ऐरी र पवन सर्राफ समान २ रन बनाएर आउट भए का थिए ।करण केसी ११ रनमा आउट हुँदा आदील आलम सुन्य रनमा अविजित रहेका थिए ।केन्याका भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले २–२ विकेट लिएका थिए ।पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।अब नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल सोमबार खेल्नेछ ।

प्रकाशित मिति : २०७९ भदौ १९ गते आइतबार