म निर्दोष छु, क्यारिबियन लिग सकेर नेपाल फर्फेपछि कानूनी लडाइँ लड्छु –सन्दीप लामिछाने

काठमाडौं । विदेशमा भएको म्याच सकिएपछि नेपाल फर्किने १७ वर्षीया बालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले बताएका छन् । बलात्कारको आरोप लागेका लामिछानेले आफू निर्दोष रहेको बताएका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।

बुधवार क्रिकेट एशोसिएशन नेपाल (क्यान) का कार्यबाहक सचिव प्रशान्त मल्लले उनले क्यानलाई फोन गरेर आफू क्यारिबियन लिग सकेर नेपाल फर्किने बताएको जानकारी दिए । आफू निर्दोष भएको भन्दै कानूनी लडाइँका लागि कानून व्यवसायी खोजिदिन समेत सन्दीपले आग्रह गरेका छन् ।यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।