पोर्चुगल : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यस वर्षको च्याम्पियन्स लिगमा इतिहास रचेको छ । पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो ।
गएराति भएको खेलमा पीएसजीले लाइप्जिगमाथि ३–० को हात पार्दै फाइलनमा स्थान पक्का गरेको हो । पोर्चुगलको स्टाडियो डा लुजमा भएको खेलमा पीएसजीको जितका लागि मार्किन्हस, एन्जल डी मारिया तथा जुआन बर्नाटले १–१ गेल गरेका थिए ।
खेलको १३ औं मिनेटमा डी मारियाको पासलाई गोलमा परिणत गर्दै मार्किन्हसले टीमलाई अग्रता दिलाए । ४२ औं मिनेटमा डी मारियाले अर्को गोल गर्दै दोब्बर बनाए । उनले नेइमारको पासलाई सदुपयोग गरेका थिए ।
५६औं मिनेटमा पीएसजीको पक्षमा अर्को गोल बनेको थियो । डी मारियाको पासलाई सदुपयोग गर्दै बर्नाटले तेस्रो गोल गरे । पहिलो पटक उपाधि नजिक पुगको पीएसजीले फाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
ए.के. सञ्चार । ४ भाद्र २०७७, बिहीबार १२:२७