सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका बडा नं.१ को ५० मतगणना हुँदा नेपाली कांग्रेसको सुरुवाती अग्रता देखिएको छ । प्रारम्भिक गणना अनुसार कांग्रेस र माओवादी गठबन्धन दलबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उपेन्द्र खड्काले १६ मत ल्याएका छन् गठब्रन्धनबाट उपप्रमुख रहेकी माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले २३ मत ल्याएकी छिन् ।
त्यस्तै, राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत ल्याएका छन् भने एमालेका प्रमुख पदकी उम्मेदवार मोहनमाया ढकालले ६ मत र उपप्रमुख निलकण्ठ खनाले १० मत ल्याएका छन् ।
ए.के. सञ्चार । ३१ बैशाख २०७९, शनिबार १४:४२