अमेरिकामा खोप लगाएका मानिसले मास्क लगाउनु नपर्ने

एजेन्सी । अमेरिकामा पुर्ण खोप लगाएका नागरिकले मास्क लगाउनु नपर्ने प्रावधान लागु गरिएको छ ।

राष्ट्रपति जो बाइडेनले कोरोना महामारीपछि लगाईएको स्वास्थ्य मापदण्डलाई केही खुकुलो पार्दै घर, अफिस जस्ता अधिकांश इन्डोर स्थलहरुमा मास्क लगाउन नपर्ने घोषणा गरेका हुन ।

ह्वाइट हाउसस्थित आफ्नो ओभल अफिसमा आयोजित समारोहमा विपक्षी रिपब्लीकन सांसदहरुको साथमा आफुले लगाएको मास्क खोल्दै बाईडेनले यस्तो जानकारी गराउनुभएको हो ।

पछिल्लो निर्णयसँगै अमेरिकामा कोरोना विरुद्धको खोपको प्रभावकारीता बढेको र संक्रमण नियन्त्रणतर्फ गएको देखिएको छ । तर अझैपनि बढि भिडभाड हुने अस्पताल, सार्वजनिक यातायात, हवाई जहाज लगायतका स्थलमा भने मास्कलाई अनिवार्य गरिएको छ ।