भारतमा २४ घण्टामा ४१ हजार संक्रमित, ८९५ जनाको मृत्यु

भारत । भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४१ हजार ५०६ जना संक्रमित थपिएका हुन् ।

अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या कुल संक्रमितहरुको संख्याको १.४७ प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतमा संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ८९५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा अहिलेसम्म संक्रमणका कारण मृत्यु भएकाहरुको कुल संख्या ४ लाख ८ हजार ४० पुगेको छ ।

अहिले कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई करोड ९९ लाख ७५ हजार ६४ पुगेको छ । तीमध्ये पछिल्लो एक दिनमा ४५ हजार २५४ जना संक्रमणमुक्त भएका छन् ।