वीरेन्द्रनगरमा एमालेको वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरमा नेकपा एमालेको वडा अधिवेशन सर्वसम्मत नेतृत्व चयन भएको छ। वीरेन्द्रनगरका १६ वटै वडामा नेतृत्व सर्वसम्मत् चयन भएको हो ।

अधिवेशनबाट वडा नम्बर १ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्कबहादुर दर्लामी, ८ मा देवी पौडेल अध्यक्षमा चयन भएका छन् ।

यस्तै, वडा नम्बर ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही, ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणी चपाइँ, १३ मा वासुदेव पौडेल, १४ मा नवराज रोकाय, १५ मा हिक्मत वली र १६ मा भूपेन्द्र ज्ञवाली चयन भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य मोहनमाया ढकालले जानकारी दिइन् ।