हामीले गठबन्धनका दलहरुलाई समेट्न खोजेका थियौं–उदयशमशेर राणा

काठमाडौं ।  बागी उम्मेदवारहरुलाई कारबाही गर्नुअघि सम्झाइ–बुझाइ गरिने नेपाली कांग्रेसका नेता उदयशमशेर राणाको भनाई छ । नेता राणाले गठबन्धनमा केही समस्या आएको र अन्तिम समयमा निर्णय भएकाले साथीहरुलाई सम्झाउन नपाएको उनको भनाई छ । उनले एकदुई हप्ता अघि मनोनयन टुंग्याउन पाएको भए सम्झाउने समय हुने जिकिर गरेका छन् ।

नेता राणाले लितपुरमा नेकपा (एकीकृत समाजवादी) लाई समेट्न नसकिएको गुनासो गरेका छन् । उनले आफुहरुले गठबन्धनका दलहरुलाई समेट्न खोजेको भए पनि विभिन्न फ्याक्टरले काम गर्न नसकेको उल्लेख गरेका छन् । गठबन्धनका चिह्नहरुलाई मत हाल्न अलमल नहुने कांग्रेस नेता राणाको भनाई छ । उनले गठबन्धनको  पहिलो अनुभव हुने धारणा राखेका छन् ।कांग्रेसले गठबन्धनको इमानदारीपूर्वक पालना गर्ने उनको भनाई छ ।