आज नेपाली टोलीले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आज नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९: ३० बजे सुरु हुनेछ ।आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू  को तयारी स्वरुप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।जिम्बावे ‘ए’ पनि बिलयो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुँने छ।