गुल्मीको गुल्मीदरवार गाउँपालिकामा कांग्रेसको जित

गुल्मी । गुल्मीको गुल्मीदरवार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।अध्यक्षमा सरोज थापा ६ हजार १६६ मतसहित र उपाध्यक्षमा तारा थापा ६ हजार १८८ मतसहित निर्वाचित भएका छन् । दुबै कांग्रेस उम्मेदवार हुन् ।

अध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण भुसालले ५ हजार ६०२ र उपाध्यक्षमा एमालेकै सुशीला पुनले ५ हजार ५८९ मत मात्र पाए । ७ वटा वडामध्ये ४ वटा वडामा कांग्रेस र बाँकी ३ वडामा एमाले विजयी भएको छ ।