राजीनामा दिएको तीन सातापछि पुनः अर्थमन्त्री बन्दै जनार्दन शर्मा

काठमाडौं । राजीनामा दिएको तीन सातापछि नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन् । शर्मामाथि छानबिन गर्न बनेको समितिले ‘क्लिन चिट’ दिएपछि माओवादी केन्द्रले उनलाई पुनः अर्थमन्त्री बनाउन लागेको हो । माओवादी स्रोतका अनुसार शर्माले आजै अर्थमन्त्रीमा शपथ लिँदै छन् ।

राष्ट्रपति कार्यालयले आजै साँझ ५ बजे अर्थमन्त्रीको शपथको तयारी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बिहान १० बजे भेट भएको माओवादी केन्द्रले जनाएको छ । भेटमा के कुरा भयो भन्ने विषयमा यकिन जानकारी नभएको स्रोतको भनाइ छ ।