राजनीतिक दलहरुबीचको गठबन्धन स्थिरताका लागि भएको हो – रामचन्द्र पौडेल

सुर्खेत।राजनीतिक दलहरुबीचको गठबन्धन स्थिरताका लागि भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले सो कुरा बताएका हुन् ।पौडेलले देशको विकास र सम्वृद्धिका लागि राजनीतिक दलहरुबीचको गठबन्धन आवश्यक रहेको औल्याएका छन् । नेता पौडेलले पार्टीभित्र कसैलाई पनि अन्याय हुन नहुने धारणा राखे ।

   

कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले सबैको मतको कदर गर्नुपर्ने उनको भनाइ थियो । पत्रकार सम्मेलनमा कांग्रेस वरिष्ठ नेता पौडेलले विगतका सरकारले गरेका गल्ती अहिलेको सरकारले दोहोर्याउन नहुने समेत बताए । वर्तमान सरकारलाई नभएको बताए । विगतका सरकारले गरेको गल्ती दोहोर्याउने छुट नभएको समेत धारणा राखेका छन् ।