काठमाडौं । आज प्रमुख प्रतिपक्षाी दल नेकपा एमालेले महँगीविरुद्ध प्रदर्शन गर्ने भएको छ । काठमाडौँमा वसन्तपुरमा महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध प्रदर्शन गर्ने एमालेले जनाएको छ ।

उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठकमा जनप्रदर्शनलाई व्यापक बनाउन निर्देशन समेत दिएको छ । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन् ।

वसन्तपुरबाट शुरू हुने र्‍यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको पार्टीका कार्यालयले जनाएको छ ।