कांग्रेसका लामा मुगुको कार्मारोंग गाउँपालिकाको अध्यक्षमा पुन विजयी

मुगु। नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा मुगुको कार्मारोंग गाउँपालिकाको अध्यक्षमा पुन विजयी भएका छन् ।उनले एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।छिरिङ क्याप्नेले १५७१ मत ल्याएका छन् । उनका प्रस्पर्धीले १४८१ मत पाए ।

उपाअध्यक्षमा एमालेकी छिरिङ पुटिक तामाङले १५६१ मत प्राप्त गरी विजयी भएकी छन् । छिरिङका प्रतिस्पर्धी माओवादीका गुरु स्यङ्ग्याप लामाले १३८५ मत पाए ।