शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेका छन्–जितेन्द्रनारायण देव

सुर्खेत ।शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले बताएका छन् । आज राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकुल बोलेको भन्दै शक्ति राष्ट्रहरुले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् ।


उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे । उनले नेपाल कुनैपनि शक्ति राष्ट्रहरुको खेल मैदान बनाउनु नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराए । सांसद देवले नेपालको कुनैपनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरुले भन्न सक्नुपर्ने बताए ।