गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुग्यो

 गाजा । गाजामा चर्किएको हिंसामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । गाजा स्ट्रिपमा भएको इजरायली आक्रमणमा उनीहरु मारिएका हुन् । मृत्यु हुनेमा ६ जना बालबालिका छन् । इजरायलले प्यालेस्टिनी अतिवादीविरुद्ध बमबारी विस्तार गरेको जनाएको छ । शुक्रबारदेखि इजरायलमा करिब ३०० प्यालेस्टिनी रकेट र मोर्टारहरू प्रहार गरिएको इजरायली अधिकारीले बताएका छन् ।

सन् २०२१ को मे महिनामा भएको ११ दिन लामो द्वन्द्वमा २०० भन्दा बढी प्यालेस्टाइनी र एक दर्जन इजरायलीको मृत्यु भएपछि इजरायल र गाजाबीच पछिल्लो गम्भीर हिंसा हो ।प्यालेस्टिनीहरूको मृत्यु र २०३ जना घाइते हुने गरी भएका हमलामा इजरायली आक्रमण दोषी रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।