काठमाडौं । मंगलबार बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।
बैठकमा यसअघि पेश भएका तीनवटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।
ए.के. सञ्चार । १२ आश्विन २०७८, मंगलवार १४:२९